ओप्पोको मूल्य समायोजन

  • | बिहीबार, ९ फागुन, २०७५
  • | 1 month ago


काठमाडौं । ओप्पोले नेपालमा आफ्ना उपभोक्ताका लागि दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए सेभेन र एथ्रीएस (२ र ३ जीबी भ्यारियन्ट)मा छुट प्रदान गरेको हो ।

 

उपभोक्ताले रुचाएका कारण ए सिरिजका यी फोन नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

 

अगस्ट २०१८ मा सार्वजनिक एथ्रीएस दक्षिण एसियाली बजारमा १३ं२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो । त्यसैगरी, ए सेभेन बिगर ब्याट्री फोनका रुपमा नोभेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो ।

ओपो ए सेभेन नेपाली बजारमा ३२ हजार ९ सय ९० मा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी, ओपो एथ्रीएस (३जीबी) २४ हजार ५ सय ९० र एथ्रीएस (२जीबी) १८ हजार ४ सय ९० मा उपलब्ध छ ।