निसानको किक्स गाडी सुनसरीको धरानमा सार्वजनिक

  • | मंगलबार, ७ फागुन, २०७५
  • | 5 months ago


धरान । दुई दिनअघि मात्रै नेपालमा सार्वजनिक गरिएको निसानको किक्स गाडी सुनसरीको धरानमा पनि सार्वजनिक भएको छ ।
निसान मोटर्सका गाडीहरु बिक्री गर्ने अधिकारप्राप्त कम्पनी पायोनियर मोटो कर्प प्रा.लि.ले सुनसरीस्थित आफ्नो आधिकारिक वितरक ओम साई मोटो कर्प प्रा.लि.मार्फत धरान बजारमा सार्वजनिक गरेको हो ।

 

सो गाडी सोमबारदेखि बजारमा ल्याएको प्रबन्धनिर्देशक पारसमणि गेलालले जानकारी दिए । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष शैलेस कुमार विस्टले गाडी सार्वजनिक गरेका हुन् ।

किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिनेछ । यसको फराकिलो भित्री भाग र स्टाइलिष्ट (आकर्षक) बाहिरी भागले ग्राहकहरुलाई आकर्षित गर्नेछ । अति राम्रा विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजार रुपैयाँमा र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँमा पाइनेछ ।

 

यसका अन्य कतिपय विशेषता छन्, जसमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिन्छ साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको छ ।


ओम साई मोटो कर्पका प्रबन्धनिर्देशक पारस मणि गेलालले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासामु ल्याउन सकेकोमा खुसी व्यक्त गरे ।
नेपालका लागि आधिकारिक बिक्रेता पायोनियरको देशैभर १४ वटा डिलर रहेका छन् ।