एनआइसीको नयाँ शाखा विस्तार

  • | मंगलबार, १४ जेष्ठ, २०७६
  • | 2 weeks ago


काठमाडौं । एनआइसी एसिया बैंकले विराटनगर र धरानमा नयाँ शाखा विस्तार गरेको छ ।  विराटनगरको रानी मिल्स एरिया र धरानको बुद्ध चोकमा सोमबारदेखि शाखा सञ्चालनमा आएको हो ।

बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले रानी मल्सि एरिया तथा सञ्चालक विनोदकुमार प्याकुरलेले बुद्धचोक धरान शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
मुलुकभर गरी बैंकको २ सय ८५ शाखा, २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन् काउण्टर तथा २८ शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको छ ।