एन आई सी एशिया र महालक्ष्मी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

  • | मंगलबार, १९ चैत, २०७५
  • | 2 weeks ago


काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता गरेको छ ।
एन आई सी एशियाले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग बैंकासुरेन्स गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

 

एन आई सी एशियाले मुलुकभर रहेका २ सय ८१ शाखाकार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवाप्रदान गर्दै आएको प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले जानकारी दिएका छन् ।