‘लाल पुर्जा’को दोस्रो ट्रेलर सार्वजनिक

  • | शुक्रबार, २१ पुष, २०७४
  • | 2 years ago

काठमाडौं, पुस २१ । मितेरी गाउँको कथा बोल्ने फिल्म ‘लालपुर्जा’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्मको यो दोस्रो अफिसियल ट्रेलर रिलज भएको हो ।

 

फिल्मको निर्माण पक्षले यो भन्दा पहिल्यै औपचारिक कार्यक्रमको आयोजना गर्दै पहिलो ट्रेलर रिलिज गरेको थियो । फिल्मको पहिलो ट्रेलरले दर्शकहरुको मन जित्न सफल हुँदै गर्दा दोस्रो ट्रेलर पनि रिलिज गरिएको हो ।

 

कमेडी जन्र्मा निर्माण गरिएको ‘लाल पुर्जा’ फिल्ममा दाजुभाइ बिचको झगडा र मितेरी गाँउको कथा बोल्ने निर्माण पक्षले जानकारी गराएको छ ।

 

फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । नेगेटिभ बुद्धको प्रस्तुति रहेको यो फिल्ममा सौगात र विपिनको साथमा कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी, कमलमणि नेपाल, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।


आउँदो माघ ४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्मलाई विक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हुन् ।

 

हेर्नुस् भिडियो :