एकदिवसीय टिमको वरियतामा नेपाल एक स्थान तल

  • | बिहीबार, ९ असोज, २०७६
  • | 1 year ago


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एकदिवसीय टिमको वरियतामा १७ औँ स्थानमा परेको छ ।

 

यसअघि १६ औँ स्थानमा रहेको नेपाल एक स्थान झरेको हो ।  नेपालको आठ खेलमा १५२ अंकका साथ १९ रेटिङ रहेको छ । नेपालपछि अमेरिका १८ औँ स्थानमा, युएई १९ औँ स्थानमा र पपुवा न्यु गिनी २० औँ स्थानमा रहेका छन् ।

वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।
छैठौँ स्थानमा पाकिस्तान, सातौँमा बंगलादेश, आठौँमा श्रीलंका, नवौँमा वेस्ट इन्डिज, १० औँमा अफगानिस्तान, ११ औँमा आयरल्याण्ड, १२ औँमा जिम्बावे, १३ औँमा नेदरल्याण्ड्स, १४ औँमा स्कटल्याण्ड र १५ औँ नामिबिया र १६ औँमा ओमन रहेका छन् ।

टी–ट्वान्टी वरियतामा नेपाल यथावत रहँदै ११ औं स्थानमा नै छ । जसमा नेपालको १४ खेलमा २ हजार ८ सय १८ अंकका साथ २०१ रेटीङ रहेको छ । टी–ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड समेत रहेका छन् ।
वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका, चौथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।