बिहीबारदेखि नेपाल–भारत फ्रेन्चाइज एस्क्पो

  • | मंगलबार, ३१ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । आउँदो विहिबारदेखि नेपाल–भारत फ्रेन्चाइज एस्क्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय राजदूतावासको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पोमा नेपाल र भारतका ६० वटा ब्राण्डहरु सहभागी हुने जनाइएको छ ।
एक्स्पोमा रिटेल कम्पनी, शिक्षा क्षेत्र, फिटनेस, फेसन, खाना तथा बेभरेज, रियल इस्टेट, टेक्नोलोजीलगायतको सहभागिता हुनेछ ।
भारतीय ब्राण्डहरुको समन्वय फ्रेन्चाइज इण्डिया नामक कम्पनीले गरेको छ ।
भारततर्फबाट नाइन किड्स, अमेरिकन स्कुल बेस्ट सेलर, वाइक स्टुडियो, बम्वे डाइङ, क्याप, चाय गरम, कपर चिम्नी, यूकिलन लगायत कम्पनीको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

 

त्यस्तै नेपालबाट अग्नि ग्रुप, टिबडेवाला ग्रुप, मेरो घर, सिटीहोम्स, सांग्रिला, हिमालयन जाभा, गोल्ड स्टार, अल्पाइन पश्मिना, सभानेपाल र श्री जयकाली जडीबुटीलगायतको सहभागिता हुने संघले जनाएको छ ।

 

एक्स्पोको तयारीको लागि बुधबार विभिन्न कम्पनीहरुसँग अन्तक्र्रिया कार्यक्रम समेत गरिने संघले बताएको छ ।  त्यस्तै खुद्रा व्यवसायमा व्यावसयिक अवसरहरु लगायतका विषयहरुमा रहेका अनुभवहरुको आदानप्रदान गर्ने कार्यक्रम रहेको उद्योग वणिजय महासंघकी अध्यक्ष भवानी राणाले पत्रकार सम्मेलनमा जानकारी गराएकी छन् ।