नेकपाको सचिवालय बैठक भोलि

  • | बिहीबार, २५ भदौ, २०७७
  • | 1 month ago


काठमाडौं—पार्टीभित्रको आन्तरिक विवादका कारण असहज बनेको नेकपा सचिवालयको बैठक भोलि बस्ने तय भएको छ । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधव नेपाल खेमाबीच विवाद बढेपछि बैठक त्यतिकै स्थगित भएको थियो ।

अध्यक्षद्वयबीच पार्टीभित्रका विवादका विषयहरुलाई समेटेर प्रतिवेदन दिन कार्यदल बनाइएको थियो । उक्त कार्यदलले प्रतिवेदन पेश गरेको थियो ।

सोही प्रतिवेदनमा केन्द्रित भएर अध्यक्षद्वयले स्थायी समितिमा पेश गर्ने संयुक्त प्रस्ताव पेश गरेका छन् ।