नेकपाको भागवण्डा विल्यो, समझदारी साउन ५ गते

  • | मंगलबार, ३१ आषाढ, २०७६
  • | 1 month ago



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भागवण्डा मिलेको छ ।  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच पार्टी एकताको बाँकी काम पूरा गर्न सहमति भएको हो ।

 

सोमबार र मंगलबार गरी दुई दिनसम्मको लगातारको छलफलपछि पार्टीका ३२ वटा विभाग, सल्लाहकार कमिटी, जेष्ठ नागरिक मञ्चलगायत गठनका लागि भागवन्डाको समझदारी भएको हो ।

समझदारीअनुसार पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ वटा विभाग लिने सहमति भएको छ । जेष्ठ नागरिक मञ्चमा सय जना पूर्वएमालेबाट र २१ जना पूर्वमाओवादीबाट सदस्य बनाउने दाहाल र ओलीबीच समझदारी भएको छ ।

 

उनीहरुबीचको यो समझदारीलाई आगामी साउन ५ गते बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने तयारी भएको नेकपा सचिवालयका एक सदस्यले जानकारी दिए ।