‘कहाँ गयौ तिमी’ म्युजिक भिडियो सार्वजनिक

  • | शुक्रबार, १० जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । गायक प्रमोद खरेलको आवाज रहेको ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् ।

 

बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका छन् ।  पूर्वका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रोहित घिमिरे अभिनय रहेको छ ।

 

ग्लोरी मिडियाले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन कैलाश रेग्मीले गरेका हुन् ।