मिस वल्र्डको उपाधि टोनी एन सिंहलाई

एजेन्सी । यस वर्षको मिस वल्र्डको उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् । शनिबार राति भएको अन्तिम प्रतिष्पर्धामा टोनीले मिस वल्र्डको उपाधि जितेकी हुन् । प्रतियोगितामा विश्वका १ सय ११ देशका सुन्दरीले प्रतिष्पर्धा गरेका थिए ।
लण्डनमा आयोजित प्रतिस्पर्धामा फस्ट रनर अप फ्रान्सकी ओफेलो मेजिनो भइन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले हात पारिन् । प्रतियोगितामा नेपालकी अनुष्का श्रेष्ठले ब्युटी विथ पर्पस विधामा अवार्ड जितेकी छन् ।
मिस वल्र्डको शीर्ष १२ मा परेकी अनुष्काले यसअघि मल्टिमिडिया अवार्ड समेत जितेकी थिइन् ।