‘मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड’ कोरियोग्राफर शाक्यलाई

  • | सोमबार, ३० बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यले ‘मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड’ पाउन सफल भएका छन् ।

 

हालै राजधानीमा आयोजित ‘नेसनल युथ लिड अवार्डस् २०१९’ कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो । फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका शाक्यको कामको मुल्याङकन गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

 

शाक्य केही पहिले मलेसियाको क्वालालम्पुरको द प्यालेस अफ गोल्डेन हर्सेस् नामक होटलमा आयोजित द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानित भएका थिए ।

 

 

नेसनल युथ लिड अवार्ड रोजिनका साथै भेन्ट बेटर ग्यालेक्सीका सीईओ धीरज तण्डुकार, अभिनेता विपिन कार्की, युवा व्यवसायी अलाइभ ग्लाइडर, संचार व्यवसायी सुमित प्रताप जंग बहादुर राणा, मोटिभेसनल स्पीकार सौनक भट्ट, गायिका त्रिशाला गुरुङ, मोफसलका फेसन कोरियोग्राफर रेशम न्यौपाने आदिलाई प्रदना गरिएको छ ।