‘वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९’ हुने

  • | बुधबार, ४ भदौ, २०७६
  • | 10 months ago

 

काठमाडौं । ‘वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९’ हुने भएको छ । डाइमन्ड स्टार फिल्म इन्टरटेनमेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । विजेताले वर्षको अन्तमा आयोजना गरिने ‘वल्र्ड मिस युनिभर्सिटी’मा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न ६० देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ ।

 

प्रतियोगिताको मुख्य उद्देश्य विश्वमा शान्ति र भातृत्व कायम गर्नुका साथै प्रेम बाँड्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा वल्र्ड मिस विश्वविद्यालय नेपाल २०१९ विजेता, वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९ फस्ट रनरअप, वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९ सेकेन्ड रनर अप गरी तीन मुख्य टाइटल रहने छन् ।