मिस वल्र्डको उपाधी मेक्सिकोकी वानिसालाई

  • | आइतबार, २३ मंसिर, २०७५
  • | 3 months ago

काठमाडौं । मिस वल्र्ड २०१८ को उपाधी मेक्सिकोकी वानिसा पोन्सले पाएकी छिन् ।

 

चीनको सान्यामा भएको मिस वल्र्डको फाइनलमा थाइल्याण्डकी निकोलिन लिम्सनुकनलाई पछिपार्दै मेक्सिकोकी सुन्दरी पोन्सले उपाधी जितेकी हुन् । मिस वल्र्ड २०१७ कि बिजेता भारतीय सुन्दरी मानुसी सिल्लरले पोन्सलाई ताज पहिराएकी थिइन् ।

 

अन्तिम पाँचमा मिस वल्र्ड युरोपको उपाधि सहित बेलारुसकी मारिया वासिलेबिच, मिस वल्र्ड अमेरिकाको उपाधि सहित मेक्सिकोकी वानिसा पोन्स, मिस वल्र्ड अफ्रिकाको उपाधिसहित युगाण्डाकी क्विन एवेनाक्यो, मिस वल्र्ड क्याराबियनको उपाधिसहित जमाइकाकी कादिजा रोविन्सन र मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै थाइल्याण्डकी निकोलिन लिम्सनुकनले आफूलाई सुरक्षित गरे ।

यता, मिस नेपाल शृखला खतिवडाको मिस वल्र्ड यात्रा भने शिर्ष १२ मै टुंगिएको छ ।