टप–१२ बाट बाहिरिइन् शृंखला

  • | शनिबार, २२ मंसिर, २०७५
  • | 3 months ago


काठमाडौं । मिस वर्ल्ड २०१८ को टप–१२ बाट शृंखला खतिवडा बाहिरिएकी छिन् ।

 

चीनको सान्यामा चलिरहेको प्रतिस्पर्धामा खतिवडा अन्तिम १२ बाट बाहिरिएकी हुन् । विभिन्न ५ समूहमा विभाजन गरी मिस वल्र्डका अन्तिम ५ फाइनलिस्ट छनोट गरिएको थियो ।

 

एसिया तथा आसियाना समूहबाट नेपाल, न्युजिल्यान्ड तथा थाइल्यान्ड अन्तिम १२ मा पर्न सफल भएका थिए । न्युजिल्यान्ड र नेपाललाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकान मिस एसिया र एसियाना घोषित हुँदै अन्तिम ५ मा पर्न सफल भएकी छिन् ।

 

अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका छन् । यीनै ५ देशका सुन्दरीबाटै यो वर्षको मिस वर्ल्ड घोषणा गरिने छ ।