‘माइकल अधिकारी’ को छायांकन शुरु
.jpg)
काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने फिल्म ‘माइकल अधिकारी’ को छायांकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर बुधबार झापाको विर्तामोडबाट फिल्मको छायांकन शुरु भएको हो ।
छायांकन शुरु गर्नुभन्दा अगाडि निर्माण टिमले फिल्मको नाम अंकित केक काटेर सेलिव्रेसन गरेको थियो । रञ्जित रौनियारले फिल्मको निर्देशन गर्नेछन् ।
सेरोगेसीको कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ । फिल्मलाई आउँदो चैत २८ गते प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।