नायिका वर्षा अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा

  • | शुक्रबार, १५ कार्तिक, २०७६
  • | 9 months ago


काठमाडौं । नायिका वर्षा सिवाकोटी आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् ।
गायक प्रमोद राज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौँ’ मा उनी मोडल भिजु पार्कीसँग रोमान्टिक लुक्ससँगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन् ।
उक्त भीडियो शुक्रबार मात्र सार्वजनिक गरिएको छ ।

 

प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् ।
दुबै जना हाल बेलायत बसोबास गर्छन् । गीतमा संगीत संयोजन भने उदय राज पौडेलले गरेका छन् ।
भीडियोमा वर्षा र भिजुको रोमान्सलाई क्यामेरामा नवराज उप्रेतीले कैद गरेका छन् ।
भीडियो सम्पादन नवीन निरौलाको र कोरिओग्राफी तथा निर्देशन गम्भीर बिष्टको रहेको छ ।


यसअघिका २ वटा म्युजिक भीडियो लगातार बेलायतमै छायांकन गरेका गायक प्रमोदराज यस पटक भने व्यवसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिक साथीहरुसँग काम गर्ने आफ्नो पहिलेदेखि कै चाहना पूरा गर्न नेपाल मै भीडियो बनाएको बताउँछन् ।