कुपन्डोल हाइटमा अत्याधुनिक एटरीयमसहितको म्याक्सिम्स ब्यन्कवेट् सञ्चालनमा

  • | मंगलबार, ३ बैशाख, २०७६
  • | 3 months ago


काठमाडौं । ललितपुरको कुपन्डोल हाइटमा नेपालमै पहिलो अत्याधुनिक एटरीयमसहितको म्याक्सिम्स ब्यन्कवेट् सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसरमा सन्चालनमा ल्याइएको ब्यन्कवेट्को म्यानेजमेन्ट एलिट हस्पिटालि टिएन्डटूरिजम सर्भिसेज म्यानेजमेन्ट प्रालिले गरेको हो ।

 

प्रशस्त पर्किङ् सुविधा, डिजे सिस्टमसहित अनुभवीसेफद्वारा बनाईने हाईजेनिक खाना, सान्त वातावरणमा एक हजार जना सम्मको पार्टी गर्न सकिने यस ब्यन्कवेट्का विशेषता हुन् । यस ब्यन्कवेट्मा विवाह, ब्रतबन्ध, पास्नी, बर्थडे पार्टीका साथै सेमिनार, गोष्ठि, गर्नका लागि छुट्टाछुट्टै हलहरुको ब्यवस्था रहेको यस कम्पनीका प्रवन्ध निर्देशक योरजङ कार्कीले जानकारी दिए ।

 

साथै यसै समुहले विगतदेखि जलन जलन रेस्टुरेन्ट, म्याक्सिम्स कफि सप मार्फत आफ्नो सेवा दिँदै आएको छ ।