हेर्नुहोस् आजको मौसम पूर्वानुमान

  • | मंगलबार, ३१ आषाढ, २०७६
  • | 1 month ago


काठमाडौं । आज देशका पहाडी तथा तराईका १÷२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको छ ।

 

साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

हेर्नुहोस मौसमीपूर्वानुमान

 

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भागमा भन्दा केहि तल अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका सबै जसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलिको अवस्थामा रहेको छ। पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य भू-भागका र पूर्वी भू-भागका केहि स्थानहरुमा मनसूनी वर्षा भईरहेको छ । 

 

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

 

असार ३१ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२    स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। 

राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वि तथा पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 

श्रावन १ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।

राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 

श्रावन २ गते (बिहिबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रही तराई भु-भागका केहि स्थानहरूमा तथा पहाडि भु-भागका थोरै स्थानहरुमा वर्षा हुने सम्भावना छ।

राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। 

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको पहाडि तथा तराईका १-२ स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।