तीन दिनसम्म लगातार वर्षाको सम्भावना

  • | बुधबार, २५ आषाढ, २०७६
  • | 6 days ago


काठमाडौं । तीन दिनसम्म देशभर धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आउने तीन दिनसम्म लगातार वर्षाको सम्भावना रहेको छ ।

 

धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम भएका स्थानमा बसोबास गर्नेहरूले होसियारी अपनाउन मौसमविद् बासीको सुझाव छ ।

 

यस्तो छ मौसम पूर्वानुमान

 

जारी मितिः २०७६-०३-२५   बुधबार , बिहान : ६ बजे
 
असार २५ गते (बुधवार)
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी  वर्षाको सम्भावना छ ।
असार २६  गते (बिहिबार )
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण  बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी  वर्षाको सम्भावना छ ।
 असार २७   गते (शुक्रबार )
दिउँसो: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका  केहि  स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  एक दुई  स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका  केहि  स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  एक दुई  स्थानहरुमा भारि वर्षाको संभावना छ ।