बिग्रेको बानी-मकै खान्न , पप कर्न खान्छु 

  • | शुक्रबार, २९ चैत, २०७५
  • | 1 week ago


अहिलेका केटाकेटीहरुले भोक लाग्दा आलु चिप्स, चाउचाउ या ‘एक्सट्रा इनर्जी’ आदि लेखिएका सप्लिमेन्टहरु खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु । मकै-भटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो ।

 

मकै हाम्रो भान्सामा पाइने सस्तो तर ऊर्जा दिने खाना हो । हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालिका ‘मकै पनि खाजा खाने हो र र?’ भनेर नाक खुम्च्याउँछन् । 
अनि त्यही मकैलाई अचेल मल्टिप्लेक्स हलहरुमा ‘पप कर्न’का रुपमा बेच्न राखिएको हुन्छ । हाम्रा बालबालिका दुई मुठी मकैलाई दुई(तीन सय रुपैयाँसम्म तिर्छन् । किनकी, पप कर्न खाँदै फिल्म हेरेको दृश्य पनि विज्ञापनहरुमै देखाइन्छ ।

 

मैले चिनेकी एक महिला छिन् । एक दिन उनले बडो गर्वका साथ आफ्नो छोराले विहानको खाजामा कर्नफ्लेक्सबाहेक केही नखाने बताइन् ।
"किन यस्तो महगो खाना दिएको । फेरी कर्नफ्लेक्स बनाउँदा त त्यसमा भएका धेरै पौष्टिक तत्व हराइसक्छ । बरु मकैको च्याखलादिनुस् न’, मैले भनें ।
‘ओहो , मेरो छोराको घाँटीबाट मकैको च्याँखला कसरी जान्थ्यो होला र? मकै त पचाउन पनि सक्दैन नि’, ति महिलाले मलाई कर्के नजरले हेरीन् ।
ति महिलालाई थाहा रहेनछ, आखिर कर्न फलेक्स मकैबाटै बन्छ । उनी पनि पत्रपत्रिका र टिभीमा आउने विज्ञापनबाट प्रभावित थिइन् । उनलाई वास्तविकता थाहा थिएन र महँगो मूल्य तिरेर सुक्ष्म पोषकतत्व नभएको कर्न फलेक्स् छोरालाई खुवाइरहेकै थिइन् ।

 

अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताहरुको दाँत, पेट, हाड जोर्नीलगायत शरीरका अन्य अङ्गहरुमा कति किसिमका रोगहरुले घर बनाउँछ 
गर्मी र तिर्खा लागेको वेला यस्तै पेय पदार्थहरु पिउनु उपयुक्त हुन्छ भन्ने विज्ञापनका सन्देशहरुले गर्दा आधुनिक जीवन शैली अपनाउनेहरु पानी र अन्य स्थानीय पेय पदार्थ जस्तोः मोही, कागती पानी पिउन नै विर्सेका छन् । वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो पेयको विज्ञापनले हामीलाई झेल्ली गरिरहेको छ । यस्ता वस्तुहरुको प्रबद्र्धन तथा विक्रीले राज्यलाई केही न केही कर त अवश्य नै प्राप्त भएको होला तर नागरिकहरुको स्वास्थ्यमा कति असर गरिरहेको छ यसले राष्ट्रिय उत्पादनमा कति क्षति पु¥याइरहेको छ भन्ने लेखाजोखा गरी सार्वजनिक गर्न आवश्यक छ । यस्ता पेय वस्तुहरुको उपभोग गरेका कारण स्वास्थ्यमा असर पुगेका मानिसहरुको उपचारमा राज्यले कति रकम व्यहोर्नु परिरहेको छ भन्ने वारेमा पनि अध्ययन गर्ने वेला भइसके  । 

यस्ता चिसो पेयमा चिनीको मात्र अति नै बढी हुन्छ । यस्ता झोलबाट प्राप्त हुने थप चिनी र यसमा हुने अन्य तत्वहरु आवश्यक नपर्ने मात्र होईनन् कि यी पदार्थहरु भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्वहरुले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने, र क्यान्सर जस्ता रोगहरु लगाउन सक्छन् । त्यसैले यस्ता चिसो पेयको सेवन गर्दा फाइदा त केही देखिन्न । 
" khanaa खानुभ्यो " नमक किताबबाट " ( writer aruna uprety and Laxman Adhikari )