हजारौँ लिटर मदिरा नष्ट

  • | बिहीबार, १९ पुष, २०७५
  • | 4 months ago


काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा छापा मारेको छ ।  छापा मार्ने क्रममा हजारौँ लिटर मदिरा नष्ट गरिएको वृतले जनाएको छ ।

 

अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो ।

 

प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौं महानगरपालिका–६ नागेश्वरगल्लीमा रहेका मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको थियो ।

 

बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एकहजार लिटर भन्दा बढी मदिरा नष्ट गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएको घरेलु मदिरा विशालु र हानिकारक रहेको समेत बताएको छ ।

 

प्रहरीले स्थानीय जनप्रतिनिधि र विभिन्न संघसंस्था र पत्रकारको रोहवरमा छापा मार्दै नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो ।