माछापुच्छ्रे बैंकद्वारा जुत्ता–चप्पल कक्ष हस्तान्तरण

  • | शुक्रबार, १७ फागुन, २०७५
  • | 3 weeks ago


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथमा जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी हस्तान्तरण गरेको छ ।

 

शुक्रबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाल ज्यूलाई हस्तान्तरण गरेका हुन् ।


बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् ।

साथै,सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ । यसका साथै, पशुपति परिसरमा २४ औं घण्टा प्रयोग गर्न मिल्ने गरिए।टि।एम। समेत जडान गरि सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ ।

यस अघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९४ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १ सय ५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १ सय १६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।