माछापुच्छ्रे बैंककाे ३ शाखा कार्यालय विस्तार

  • | शनिबार, २२ मंसिर, २०७५
  • | 1 year ago

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालय विस्तार गरेको छ ।

 

बैंकले शुक्रबार मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छा कामना गाउँपालिकास्थित इच्छा कामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको हो ।

 

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्दखनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपमा गरेका थिए । त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

 

यस्तै कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले गरेका थिए । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । यस बैंकले २०७५ साल आश्विन मसान्तसम्म रु. ७७ अर्व्निक्षेप परिचालन गरी रु. ७१ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ३७ करोड खुद मुनाफा गरेको छ ।