नयाँ इलेक्ट्रिक गाडी ‘कोना ईभी’ लन्च

  • | बिहीबार, १७ माघ, २०७५
  • | 3 months ago


काठमाडौं । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नयाँ इलेक्ट्रिक गाडी ‘कोना ईभी’ लन्च गरेको छ ।

 

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच हुन्डाईको ‘कोना ईभी’ नामक नयाँ इलेक्ट्रिक गाडी लन्च भएको हो ।

 

वातावरणमैत्री सवारी साधन उत्पादनमा जोड दिने नीति अन्तरगत नयाँ मोडलको हुन्डाई गाडी कोना ईभी भित्र्याइएको कम्पनीका सेल्स म्यानेजर दिवाकर रेग्मीले जानकारी दिए ।

 

चार फरक–फरक रंगमा रहेको त्यो गाडीको ३ वर्ष वारेन्टी तोकिएको छ भने ब्याट्रीको वारेन्टी १२ वर्ष रहेको छ । ५१ लाख ९६ हजार रुपैयाँ मूल्य रहेको त्यो गाडी हालसम्मकै सबैभन्दा अत्याधुनिक प्रविधिको गाडी भएको दाबी गरिएको छ ।