लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो(अपडेट)

  • | आइतबार, १ बैशाख, २०७६
  • | 5 days ago


काठमाडौं । सोलुखुम्बुको लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठको घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारको क्रममा मृत्यु भएको छ ।

विमानमा रहेका ४ जना यात्रुको अवस्था भने सकुशल रहेको जनाइएको छ ।  दुर्घटनामा २ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा को–पाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का रहेका छन् ।

विमानका चालकको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लयाइएको प्रहरीले जानकारी दिएको छ । अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान ९ः२२ मा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो । समिट एयरको ९ एन एएमएच कलसाइनु विमान उडान भर्ने क्रममा रन–वेबाट चिप्लिएर विमान पार्किङ गरिएका मनाङ एयरको २ वटा हेलिकोप्टरसँग ठोक्किएको थियो ।