लोकसेवाको विज्ञापन खारेको माग

  • | मंगलबार, ३१ आषाढ, २०७६
  • | 1 month ago


काठमाडौं । लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग राख्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
‘आरक्षण बचाऔंँ आन्दोलन’ले काठमाडांैको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

 

प्रदर्शनका क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरिएको छ ।
प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दबाब दिएका छन् ।

 

‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

लोक सेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन संविधानको भावनाअनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिटसमेत दायर गरिएको छ ।