भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै आपूर्ति मन्त्री भट्टको सचिवालयद्वारा खण्डन

  • | बिहीबार, २५ भदौ, २०७७
  • | 1 month ago

डौँ-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको निजी सचिवालयले केही संचारमाध्यमहरुले भ्रामक, कपोकल्पित तथ्यहिन समाचार सम्प्रेषण गरेको भन्दै खण्डन गरेको छ ।

विहीबार मन्त्रीका निजी सचिव वीरेन्द्र बस्नेतले एक प्रेस विज्ञप्ति जारी गरेर सचिवालयमा कार्यरत पदाधिकारीका साथै सचिवालयमा कार्यरत नरहेका व्यक्तिको नाम समेत जोडेर भ्रामक, कपोकल्पित, अनर्गल र तथ्यहिन समाचार समाचार सम्प्रेशण गरेको भन्दै गम्भीर ध्यानाकर्ष भएको बताएका छन् ।

विज्ञप्तिमा मन्त्रालय प्रचलित कानुन, स्थापित विधि र प्रक्रियाका साथै आफ्नो कार्यक्षेत्रका आधारमा कार्य सम्पादन गर्ने भन्दै त्यस्ता समाचारहरुमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ । त्यस्तै, समाचारमा कुनै सत्यता नभएको भन्दै सचिवालयले विश्वास नगर्न सबैसँग आग्रह समेत गरेको छ ।

“मन्त्रालय प्रचलित कानुन, स्थापित विधि र प्रक्रियाका साथै आफ्नो कार्यक्षेत्रका आधारमा कार्य सम्पदान गर्ने भएकोले त्यस्ता समाचारहरुको कुनै सत्यता नभएको हुँदा यस्ता अनर्गन समाचारप्रति विश्वास नगर्न हुन सबै सरोकारवालाहरुलाई अनुरोध छ । साथै विना प्रमाण कुनैपनि मध्यमबाट झुट्टा विषयहरुमा सम्प्रेशण गर्न समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ” निजी सचिव बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केही दिन पहिले केही संचारमाध्यमहरुले मन्त्रालय र निजी सचिवालयलाई जोडेर समाचार सम्प्रेषण गरेका थिए ।