५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण (पूर्णपाठसहित)

  • | शुक्रबार, २९ चैत, २०७५
  • | 2 months ago


काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५६ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
कार्यालयले शुक्रबार प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो ।

 

प्रतिवेदनमा कार्यालयले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको गरी ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको जनाएको छ ।
सोमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तै अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष सरकारी कार्यालको बेरुजु २९.९३ प्रतिशतले बढी देखिएको छ ।

यो वर्ष संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति तथा संस्थातर्फ लेखापरीक्षणबाट औल्याईएको बेरुजू १ खर्ब ४१ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

हेर्नुहोस् पूर्णपाठ