लक्ष्मी बैंकको शाखा कपन र रंगेलीमा

  • | सोमबार, १३ असोज, २०७६
  • | 1 year ago


काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको कपन र मोरङको रंगेलीमा शाखा संजाल विस्तार गरेको छ । ११४ औँ शाखा मोरङको रँगेलीमा र ११५औँ शाखा काठमाडौंको कपनमा विस्तार गरेको हो ।
यो शाखामार्फत बंैकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

 

 

यी नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

 

यो शाखाकासाथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।  सुविधाजनक बचत खाता योजना, मुद्धति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दैआएको छ ।

यि शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजार्इंको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवाप्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।