लगानी सम्मेलन सम्पन्न : १५ परियोजनामा हस्ताक्षर

  • | आइतबार, १७ चैत, २०७५
  • | 2 months ago


काठमाडौं । दुई दिने ‘लगानी सम्मेलन २०७५’ सकिएको छ ।  सम्मेलनमा विभिन्न समूहबीच १५ वटा लगानी गर्ने सम्झौता भएको छ । यस्तै डेढ दर्जनभन्दा बढी प्रतिबद्धता गरेका छन् ।

 

चौधरी गु्रपसँगमात्र विभिन्न ४ क्षेत्रमा लगानी गर्ने गरी सम्झौता भएको छ । जसमध्ये ३ वटा विदेशी नीजि क्षेत्रका लगानीकर्ता र एउटा प्रदेश नंम्बर २ सँग सम्झौता भएको हो ।
चौधरी ग्रुप र ससाफ ग्रुपबीच होटलमा लगानी, ५ जी सेलफोन बनाउन गरी टर्क सेल ग्रुपसँग सम्झौता भएको हो ।

 

६ सय मेगावाट विद्युत उत्पादन विद्युत चौधरी ग्रुप र स्काई पावरबीच सम्झौता भएको छ ।  प्रदेश २ र चौधरी ग्रुपबीच २ सय मेगावाट पावर प्लान्ट बनाउन सम्झौता भएको छ ।

 

समारोहमा चौधरी ग्रुपले र ससाफ गु्रपसँग होटलमा लगानी, जलविद्युत आयोजनाका लागि स्काइ पावर, फाइव जी मोबाइलकालागि टर्क सेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

 

यस्तै सोलार र्पोटेवल टाइप इनर्जीमा लगानीका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सिजी गु्रपका म्यानेजिङ डाइरेक्टर निर्माण चौधरीबीच समझदारी भएको छ ।
माथिल्लो त्रिशुली कोरियन कम्पनीले लगानी गर्ने गरी कोरियन कम्पनी होसे ६ सय १५ मिलियन लगानी सम्झौता भएको छ ।
आयोजना सन् २०२४ सम्ममा निर्माण सम्पन्न गरीसक्ने गरी लक्ष्य राखिएको छ । यो कम्पनीले कुल ११ हजार मेगावाट उत्पादन गरिरहेको छ ।

 

यसैगरी ९ सय मेगावाट अरुण तेश्रोमा भारतको सतलज कम्पनीसँग स्टेट बैंक अफ इन्डिया, एभरेष्ट बैंक र नवील बैंकले संयुक्त लगानी गर्ने गरी सम्झौता गरेका छन् । १ सय ६४ मेगावाट कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि युनान सिन्ह्वा वाटर कम्पनी र नेपालको हाईड्रो सोलुसनसँग आयोजना निर्माणका लागि सम्झौता गरेको छ । हाईडे सोलुसन कम्पनी ज्ञानेन्द्रलाल प्रधानको कम्पनी हो ।

 

सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) पीपीपी मोडल बनाउन ईन्टरनेसनल फाईनान्स कम्पनी आईएफसीसँग सम्झौता भएको छ ।  बनेपामा हिमालय बुटिक रिसोर्ट बनाउन सिन्सीएर कन्सल्टिङ लिमिटेड र रिसोर्स हिमालय बुटिक रिसोर्ट (अध्यक्ष ज्ञानेन्दलाल प्रधानबीच सम्झौता भएको छ । गैरआवासीय नेपाली संघले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने गरी १० बिलियन को पूर्वाधार कोष स्थापनाका लागि एमओयु सम्झौता भएको छ ।

 

वायर हाउस निर्माणका लागि जोईन्ट भेन्चरमा ग्रीन हाउस फेम्ली र निम्बस गुपको सम्झौता भएको छ । म्यानमार लाईसेन्स कन्टयाक्ट एसोसियसन र नेपाल कन्टयाक्ट एसोसियसन एफक्यानबीच नेपालको भौतिक संरचना निर्माणका लागि एमओयु सम्झौता भएको छ ।

 

३९ दशमलव ९ करोड मुथुट गुरुपको लगानी युनाईटेड फाईनेन्समार्फत लगानी गर्ने गरी सम्झौता भएको छ । लगानी बोर्ड नेपाल र लगानी बोर्ड अफ्रिकाबीच आयोजनाहरुको अध्ययन र लगानी साझेदारीका लागि सम्झौता भएको छ ।
एपी पावर कम्पनीले सौर्य उर्जा (१६ मेगावाट), वायु उर्जा र जलविद्युत गरी कुल १ सय ५० मेगावाट विद्युत उत्पादनमा लगानी गर्ने गरी एमओयु भएको छ ।

 

यसैगरी कडेंल गु्रप अफ कम्पनी युएसए र एपी पावर कम्पनी लिमिटेडबीच इनर्जी पावर प्रोजेक्ट इन नेपालबीच समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । त्यस अन्तर्गत सोलार, हावा र पानीका क्षेत्रहरु छन् । डोल्मा हिमालय इनर्जीलाई सहयोग गर्ने सम्झौता भएको छ ।

 

सम्मेलनमा ४० देशका प्रतिनिधिहरु सहभागी थिए । जसमा ७ सय ३५ विदेशी पाहुना, ६ सय भन्दा बढी नेपाली प्रतिनिधि, ३ सय भन्दा बढी विदेशी कम्पनी र एक सय भन्दा बढी नेपाली कम्पनीको सहभागिता रहेको थियो ।