प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल

  • | शुक्रबार, ३ माघ, २०७६
  • | 9 months ago


काठमाडौं । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीर शीर्ष नेताबीच शुक्रबार छलफल भएको छ ।

 

प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् ।

 

द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भएको थियो ।