नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन(पूर्ण पाठसहित)

  • | आइतबार, १ बैशाख, २०७६
  • | 2 months ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आइतबार बिहान सम्बोधन गर्दै ओलीले आफ्नो सरकारले थालेका कामको परिणाम देखिन थालेको बताएका छन् ।

 

बालुवाटारस्थित सरकारी निवास परिसरबाट सम्बोधन गर्दै ओलीले भने, ‘मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिँदैछ । घरजग्गा कारोवार होस् वा संगठित तस्करी,नक्कली भ्याट बिल प्रकरण देखि सबै प्रकारका अबाञ्छित कामको छानविन जारी छ ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको लडाईं चुनौतिपूर्ण भए पनि यसमा सरकार पछि नहट्ने बताएका छन् ।

 

‘भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतिपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूलय चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरिछाड्ने अभियानमा म प्रतिवद्ध छु’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । ओलीले गएको वर्ष सरकारले शान्ती,विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्च गरेको बताए ।

 

‘अब त्यही जगमा उभिएर विकास र समृद्धको यात्रा तिव्र गतिका साथ अघि बढाउँछौं’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले हाम्रा सम्पूर्ण स्रोत,साधन यही प्रयोजनामा खर्च गरेका छौं ।’ सम्बोधनको पूर्णपाठ