कोरियन भाषा परीक्षामा १२ हजार ९ पास(नतिजासहित)

  • | शुक्रबार, १३ आषाढ, २०७६
  • | 2 weeks ago

 

काठमाडौं । यस वर्ष कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना पास भएको इपिएस शाखाले जनाएको छ ।  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएको जेठ २५ र २६ गते सञ्चालन गरिएको कोरियाली भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो ।

 

परीक्षामा कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ परीक्षार्थी उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
यो वर्ष कृषि क्षेत्रमा ३७ नम्बरभन्दा माथि ल्याउने र उत्पादनमूलक क्षेत्रमा ३८ नम्बरभन्दा माथि ल्याउने उत्तीर्ण भएका छन् ।

इपिएस शाखाका अनुसार भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मा गएर हेर्न सकिनेछ।

 यस वर्षको भाषा परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए ।

 

हेर्नुहोस् सूची