नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मा गण्डकी प्रदेशलाई

  • | बुधबार, ११ बैशाख, २०७६
  • | 3 weeks ago


बाँके । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्ने गरी जिम्मा दिएको हो ।

 

राष्ट्रिय खेलकुद परिषद्ले बुधबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आयोजक प्रदेशको टुंगो लगाएको हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुँदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर प्रदेश पाँचले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो ।