खसी, बोका र च्यांग्राको बिक्री मूल्य निर्धारण

  • | सोमबार, १३ असोज, २०७६
  • | 1 year ago

काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका र च्यांग्राको बिक्री मूल्य निर्धारण गरेको छ । 

कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रुपैयाँ ५ सय ५० र च्यांग्राको मूल्य प्रतिकिलो ७ सय ३० रुपैयाँ निर्धारण गरिएको हो ।
उपभोक्तालाई खसी, बोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई मूल्य तोकिएको छ ।

 

कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्यांग्राको बिक्री सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो ।