खण्डग्रास चन्द्रग्रहण लाग्दै

  • | मंगलबार, ३१ आषाढ, २०७६
  • | 1 month ago



काठमाडौं । आज खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।
राति १ बजेर ४६ मिनेटबजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्क निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए ।

 

बुधबार बिहान ३ बजेर १५ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । बुधबार बिहान ४ बजे ४५ मिनेटमा मोक्षकाल अर्थात ग्रहण सकिने उनले पोखरेलको भनाइ छ ।
उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशीले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्क) मा उल्लेख छ ।