कश्मीरमा बस दुर्घटनामा ३५ को मृत्यु

  • | सोमबार, १६ आषाढ, २०७६
  • | 2 weeks ago


एजेन्सी । भारतको प्रशासित कश्मीर किश्तवाड जिल्लामा मिनी बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा बस ठूलो भीरबाट खसेको छ ।
किश्तवाड जिल्लाका प्रहरी उप–प्रमुख अंगरेजसिंह राणाले २० यात्रुको मृत्यु भएको पुष्टि गरे पनि स्थानीय बासिन्दा तथा अस्पताल स्रोतका अनुसार उपचारका लागि आएका घाइते यात्रुहरुको समेत मृत्यु भएको बीबीसीले जनाएको छ ।

 

जम्मुको अस्पताल स्रोतले भने दुर्घटनाबाट मृत्यु हुने ३० भन्दा बढी यात्रु रहेको जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए, जो किश्तवाडबाट केशवन गाउँ जाँदै थिए । श्रीनगरबाट ३ सय किमि टाढा रहेको किश्तवाड पहाडी क्षेत्रमा अवस्थित छ ।


किश्तवाडका अधिकारिहरुका अनुसार दुर्घटनामा पर्नेको उद्धार भइरहेको छ । स्थानीय बासिन्दा, प्रहरी तथा सुरक्षा बलका अधिकारीहरु शव निकाल्न सघाइरहेका छन् । त्यहाँका गभर्नर (राज्यपाल) सत्यपाल मलिकले मृत्यु हुनेप्रति दुःख व्यक्त गरेका छन् ।