‘जात्रै जात्रा’ चलचित्रको रिलिज वैशाखमा

  • | मंगलबार, २८ फागुन, २०७५
  • | 2 months ago


काठमाडौं । चलचित्र ‘जात्रा’को सिक्वेलको रुपमा निर्माण भएको ‘जात्रै जात्रा’ चलचित्र २०७६ साल वैशाख २७ गतेबाट रिलिज हुने भएको छ ।

 

चलचित्रका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार चलचित्र वैशाख २७ गतेबाट रिलिज हुनेछ । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

 

‘जात्रै जात्रा’ले सुरुवातमा फागुन १७ गतेलाई प्रदर्शन मिति तय गरेको थियो । तर, चलचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो । चलचित्रको छायांकन प्रभावित भएका कारण प्रदर्शन मिति पनि प्रभावित भएको थियो ।