आईपीएल क्रिकेट : उपाधिका लागि सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै

  • | आइतबार, २९ बैशाख, २०७६
  • | 2 months ago


भारत । आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।
फाइनल खेल राति पौने ८ बजे हैदराबादमा शुरु हुने छ ।

 

यी दुई टिम अहिलेसम्म तीन पटक उपाधि भिडन्त गर्दा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नाईले उपाधी हात पारेको हो ।
चेनाईले सर्वाधिक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करणसहित पाँचौ पटक फाइनल खेल्न लागेको हो ।