इन्टरनेटको शुल्क बुधबारदेखि बढ्ने

  • | मंगलबार, ३१ आषाढ, २०७६
  • | 1 month ago


काठमाडौं । इन्टरनेटको शुल्क बुधबारदेखि बढ्ने भएको छ । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने भएपछि शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो ।

 

त्यसको ब्यापक विरोध भएपछि सेवा प्रदायकलाई अन्य शीर्षकमा सहुलियत दिएर इन्टरनेटको शुल्क नबढाउने सहमति भएको थियो ।
सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको भन्दै इन्टरनेट सेवा प्रदायकले बुधबारदेखि उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेका हुन् ।