माओवादी आक्रमणबाट १६ प्रहरीको मृत्यु

  • | बुधबार, १८ बैशाख, २०७६
  • | 2 weeks ago


एजेन्सी । भारतको महाराष्ट्र राज्यमा माओवादी आक्रमणमा परि १६ सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

महाराष्ट्रको गढचिरौलीमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेका हुन् ।  सो गाडीमा महाराष्ट्र राज्यको विशेष सुरक्षादल सी–६० का १६ जवान चढेको बताइएको छ ।

माओवादीले दुई दर्जनभन्दा बढी गाडी जलाएको सूचना पाएपछि प्रहरी घटनास्थलमा जाँदा उक्त सांघातिक आक्रमण भएको थियो ।

आक्रमणबाट प्रहरीको गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । गढचिरौली महाराष्ट्रको सबैभन्दा बढी माओवादी प्रभावित क्षेत्रको रुपमा लिइन्छ ।
महाराष्ट्र सरकारका मन्त्री सुधीर मुंगतीवारले प्रहरीको निधनबारे पुष्टि गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त माओवादी आक्रमणको निन्दा गरेका छन्।