भारतको उडिसामा एक निर्वाचन अधिकारीको गोली हानी हत्या

  • | बिहीबार, ५ बैशाख, २०७६
  • | 1 month ago


काठमाडौं । भारतको पूर्वी राज्य उडिसामा एक निर्वाचन अधिकारीको बिहीबार हत्या भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सन्दिग्ध माओवादीहरूले दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घन्टाअघि संजुक्ता दिगल नाम गरेकी महिला अधिकारीको हत्या गरेका हुन् ।

 

मतदान केन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ । उनको गाडीमा माओवादीहरूले विस्फोटक पदार्थ राखिदिएको तर उनी विस्फोटनबाट जोगिएकी थिइन् ।
विस्फोटबाट पनि जोगिएकी उनलाई पछि गोली हानिएको थियो । उनीसँगै यात्रा गरिरहेका अन्य अधिकारीहरू भाग्न सफल भएका थिए ।

 

उडिसाकै अन्य स्थानमा माओवादीहरूले एउटा मोटरसाइकल र निर्वाचन सामाग्री बोकेका दुई वटा कारमा आगो लगाइदिएको बताइएको छ ।
एजेन्सी