इमरान खानले नरेन्द्र मोदीलाई लेखे पत्र

  • | शनिबार, २५ जेष्ठ, २०७६
  • | 2 months ago


एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वार्ताका लागि पत्र लेखेका छन् ।
इमरान खानले मोदीलाई शुक्रबार पत्र लेख्दै कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको बताएका छन् ।

उनले मोदीलाई दोस्रो कार्यकालका लागि बधाई समेत दिएका छन् ।  इमरान खानको पत्रमा भनिएको छ, ‘दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ ।’

 

पाकिस्तानले कश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको समेत खानले बताएका छन् ।
मोदी पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । तर भारतले भने अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।