आईसीसी विश्वकपमा न्यूजिल्याण्डको लगातार दोस्रो जित

  • | बिहीबार, २३ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । आईसीसी विश्वकपमा न्यूजिल्याण्डले लगातार दोस्रो पटक जितेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराएको हो ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९.२ ओभरमा २४४ रन बनाएको थियो । शकिव अल हसनले ६४ रनको योगदान दिएका थिएका थिए । बलिङतर्फ म्याट हेनरीले चार विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट लिए ।
२४५ रनको लक्ष्य ४७.१ ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको थियो ।

 

न्यूजिल्याण्डको इनिङमा रोश टेलरले सर्वाधिक ८२ रनको योगदान दिए भने केन विलियमसनले ४० रन बनाए । बलिङमा बंगलादेशका मेहदी हसन, शकिब अल हसन, मोहम्मद साइफुदिन र मोसादेक हुसेनले दुई–दुई विकेट लिए ।