लजमा बसेका ४२ शंकास्पद व्यक्ति पक्राउ

  • | शनिबार, २२ मंसिर, २०७५
  • | 3 months ago

काठमाडौं । गोंबगु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

महाराजगञ्ज प्रहरीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा होटल सञ्चालक पनि छन् । प्रहरीले चलाएको स्वीप अपरेशनमा क्रममा उनीहरु पक्राउ परेको बताएको छ ।
बर्थ डे मनाउन भनी आएर २ वटा कोठा लिइ बसेका ९ जना किशोर–किशोरीलाई पनि नियन्त्रणमा लिइएको छ । यो समूहको साथबाट गाँजा समेत बरामद गरिएको छ ।

 

उनीहरु मित्रनगरसिथ्त बाग्लुङ कालिका गेस्ट हाउसमा पक्राउ परेका हुन् । उनीहरु कक्षा ८ देखि ११ सम्म पढ्ने १३ देखि १८ वर्षसम्मका छन् ।

 

उनीहरु सबैलाई अभिभावक बलाएर आइन्दा यस्तो कार्यमा संलग्न भए कारवाही गर्ने सर्तमा छाडिने प्रहरीको भनाई छ । चेक प्वाइन्टबाट कागजत्र नभएका ५ वटा मोटरसाइकल, ७ वटा स्कुटर पनि बरामद गरिएको छ ।