हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिने तयारी

  • | सोमबार, ९ मंसिर, २०७६
  • | 7 months ago


काठमाडौं । सरकारले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिने भएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको बताएका छन् ।

 

‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता व्यक्त गरे ।
यी दुवै प्रस्ताव १० दिन भित्र मन्त्रिपरिषद बैठकबाट पारित गराउने समेत उनको भनाइ छ ।

 

पर्यटकहरुको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरुको भ्रमणको पनि उचित व्यवस्था गर्ने उनको भनाइ छ ।
केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भइरहेको उनले बताए ।

 

देशमा पर्यटकहरु सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानूनी जटिलता हटाउन सरकार लागि परेको उनको भनाइ छ ।