१५ महिला तथा बालबालिकाको हत्या

  • | बुधबार, २५ आषाढ, २०७६
  • | 6 days ago


एजेन्सी । पपुवान्युगिनीको हेला प्रान्तमा १५ महिला तथा बालबालिकाको हत्या भएको छ ।
सो ठाउँमा झण्डै ८ सय जनाको बसोबास गर्दै आएका छन् ।

बेलायती पत्रिका द गार्जियनका अनुसार घटना भएका बेला कारिदामा रहेका स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अधिकारी फिलिप पिमुएले प्रभावित हुने १६ जना रहेका छन् ।
प्रभावित हुनेमा एक देखि १५ वर्षसम्मका ८ बालबालिका र ८ महिला रहेका छन् ।
हत्या भएका मध्ये दुई महिला गर्भवती समेत छन् ।
तर आरएनजेडले भने स्थानीय प्रहरीलाई उद्धृत गर्दै १५ जनाको हत्या भएको र त्यसमा १० जना महिला र पाँच बालबालिका रहेको जनाएको छ ।

 

घटना स्थानीय समय अनुसार सोमबार बिहान ६ बजेतिर भएको हो ।
आक्रमणकारीले स्थानीयको घरमा गएर ढोका ढकढक्याएको र ढोका खोल्ने बित्तिकै उनीहरुको हत्या गरेको उल्लेख गरिएको छ ।