गुठी विद्येयक सञ्चाउने प्रधानमन्त्रीको प्रतिवद्धता

  • | आइतबार, १ आषाढ, २०७६
  • | 1 month ago


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।

 

युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्कीएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सो प्रतिवद्धता जनाए ।
उनले सरकार जनतालाई दुःखी बनाउन नचाहेको भन्दै खुसी भएको हेर्न चाहेको बताए ।

 

उनले भने, ‘धर्म सँस्कृतिमा प्रतिकुल असन पर्ने खालका प्रावधानहरु जानेर या नजानेर परेका भए त्यसलाई सरकारले सच्यानेछ । गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो ।’

 

ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए ।
गएको जेठ २५ गते युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् ।