आज गुरु पूर्णिमा मनाइँदै

  • | मंगलबार, ३१ आषाढ, २०७६
  • | 1 month ago


काठमाडौं । असार शुक्ल पूर्णिमाका दिन आज देशभर गुरु पूर्णिमा मनाइँदैछ ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्ने बुझिन्छ ।

 

अन्धकारलाई चिरेर ज्ञानको उज्यालो प्रदान गर्ने दिनका रूपमा गुरु पूर्णिमा मनाउने गरिन्छ ।
आजको दिन खेलकुद, संगीत, चित्रकला, कलालगायत अन्य व्यावसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ ।
चूडाकर्ममा गायत्री मन्त्र दान गर्ने गुरुलाई तागाधारीहरूले महत्वका साथ आजको दिन दिन गुरु पूजन वा गुरु स्मृति गर्ने गरिन्छ ।

 

गुरुकुल परम्पराका आश्रम वा विद्याश्रममा यो दिन धार्मिक उत्सव हुने गरेको छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षमा एकपटक यसै दिन सर्वसाधारणका लागि खुला हुन्छ ।

वेदका प्रणेता व्यासको जन्म यसै दिन भएकाले व्यास जयन्तीका रूपमा पनि यो दिन मनाइने गरिन्छ ।
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।